२०८२ पौष ४ शुक्रवार , ०२:०५:१४ बजे

Sajhamanch
'

विराटचोक घिनाघाट सडक ५ पटक म्याद थप्दा पनि बनेन

बिहिवार, पौष ३, २०८२

विराटनगर । कोशी प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको विराटचोक घिनाघाट सडक ५ पटक म्याद थप्दा समेत निर्माण सम्पन्न गर्न ढिलाइ भएको छ ।

श्रेष्ठ रमण एपेक्स जेभीले ठेक्का लिएको सो सडक निर्माण शुरु भएको ६ वर्ष बढी हुँदा समेत निर्माण सम्पन्न हुन नसकेको हो । २०७६ भाद्र २३ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेको गौरवको यो सडक खण्ड मध्ये पहिलो र दोस्रो प्याकेज दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता थियो ।

दोस्रो प्याकेज सम्पन्न भएको निकै दिन भइसक्दा समेत पहिलो प्याकेज अन्तर्गत विराटचोक देखि नेता चोक सम्मको १० किलोमिटर सडक खण्ड निर्माण कार्य अझै पुरा हुन सकेको छैन ।

पहिलो प्याकेज अन्तर्गत करिब ८५ प्रतिशत भौतिक र ८४ प्रतिशत वित्तीय प्रगति भएको छ । सो सडक खण्डको ५ पटक म्याद थप गरिएकोमा अन्तिम पटक माघ ३ गते सम्म म्याद रहेको र लगातार काम गरे ४ दिनमा काम सम्पन्न हुने भए पनि ठेकेदारले काम नगरिरहेको पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख खरानन्द इसरले जानकारी दिनुभयो ।

उहाँले ठेक्काको म्याद अझै बाँकी रहेको र तोकिएको समयमा काम सम्पन्न नगरे ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालिने बतउनु भयो।

कोशी प्रदेशको राजधानी विराटनगरलाई पूर्वी भेग सँग जोड्ने वैकल्पिक सडकको रुपमा रहेको विराटचोक नेताचोक सडक खण्डको निर्माण लागत ६८ करोड ६६ लाख ४९ हजार रुपैयाँ रहेको छ । निर्माणमा ढिलाइ हुँदा लागत अनुमान बढ्ने पूर्वाधार विकास कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित खबर