
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा १ हजार ९०० रुपैयाँले बढेर तोलाको २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुनको भाउले कीर्तिमान बनाएको हो । हिजो पनि सुनको भाउले कीर्तिमान कायम गर्दै तोलाको २ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ४५ रुपैयाँले बढेर तोलाको ३ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।


