२०८२ मंसिर २९ सोमवार , ०३:१५:१६ बजे

Sajhamanch
'

अमेरिकाको ब्राउन विश्वविद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गयो

आइतवार, मंसिर २८, २०८२

झापा । अमेरिकाको रोड आइल्याण्ड राज्यमा रहेको ब्राउन विश्वविद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गएको छ ।

गोली लागेर नौ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भैरहेको र अवस्था स्थिर रहेको अस्पताल स्रोतलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

यो घटना भवनको पहिलो तल्लामा रहेको कक्षाकोठामा भएको थियो र सबै पीडितहरू विद्यार्थी रहेका छन् । ब्राउन विश्वविद्यालय आसपासको क्षेत्र सिल गरिएको छ । गोली चलाउने व्यक्ति पैदलै भागेका र उनको खोजी भैरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

घटनालगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्नुभएको छ । अमेरिकामा बारम्बार गोलीकाण्डका घटना हुँदै आएका छन् । पछिल्लो घटनासँगै सन् २०२५ मा अमेरिकामा भएका सामूहिक गोली प्रहारका घटनाको कुल सङ्ख्या ३८९ पुगेको छ ।

सम्बन्धित खबर