२०८२ मंसिर २८ आइतवार , १०:३७:३२ बजे

Sajhamanch
'

राष्ट्रसङ्घका महासचिव गुटेर्रेसद्वारा इराकमा राजनीतिक मिसन अन्त्यको घोषणा

आइतवार, मंसिर २८, २०८२

झापा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इराकमा संयुक्त राष्ट्रसङ्घको राजनीतिक मिसन अन्त्य भएको घोषणा गर्नुभएको छ ।

योसँगै इराकको अनुरोधमा त्यहाँ संयुक्त राष्ट्रसङ्घ सहायता मिशन (युएनएएमआई) ले सन् २००३ को आक्रमण र देशको सङ्क्रमणकालिन अवस्थामा पुर्याउँदै आएको सहयोग २२ वर्षपछि बन्द हुने भएको छ ।

मिसनको समापन समारोहमा गुटेर्रेसले इराकी नागरिकसँग काँधमा काँध मिलाएर हिँड्न पाएकोमा युएनएएमआई आभार व्यक्त गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

यो मिसन टुङ्गिए पनि संयुक्त राष्ट्रसङ्घ इराकका नागरिकसँगै शान्ति, दिगो विकास र मानव अधिकारको मार्गमा अघि बढ्ने तथा इराकमा संयुक्त राष्ट्रसङ्घका सङ्घसंस्था र तिनका कार्यक्रमहरू निरन्तर रहने राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले बताउनुभएको छ ।

इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानीसँगको पत्रकार सम्मेलनका क्रममा पनि महासचिव गुटेर्रेसले इराक अब सामान्य देश बनेको उल्लेख गर्नुभएको थियो ।

सन् २००३ को अगस्ट १९ मा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा ट्रक बम विस्फोट हुँदा इराकका लागि संयुक्त राष्ट्रसङ्घका पहिलो विशेष प्रतिनिधि सर्जियो भिएरा डे मेलोसहित २१ जनाको ज्यान समेत गएको थियो ।

सम्बन्धित खबर