२०८२ मंसिर २५, बुधवार , ०५:४४:४३ बजे

Sajhamanch
'

नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा सडक कालोपत्र गर्ने काम शुरू

बुधवार, मंसिर २५, २०८२

काठमाडौं । नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड अन्तर्गत नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा सडक कालोपत्र गर्ने काम शुरू भएको छ ।

सडकमा कालोपत्र गर्नका लागि आजदेखि आउँदो पुस १ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म सडक बन्द गरेर कालोपत्र गर्न थालेको नागढुङ्गा–नौबिसे–मलेखु सडक आयोजनाले जनाएको छ ।

सडक विस्तारको कार्य अन्तर्गत त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडक खण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ । नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा सडक साँघुरो भएको र कालोपत्रका लागि एकै पटकमा धेरै उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने भएकोले सडक पूर्णरूपमा बन्द गरेर कालोपत्र भइरहेको हो ।

यसैगरी धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले सडक बन्द गरेको समयमा पोखरेभीर क्षेत्रमा सडक चौडा गर्ने काम पनि शुरू गरेको आयोजनाले जानकारी दिएको छ ।

ट्राफिक प्रहरीले काठमाण्डौबाट छुटेका गाडीलाई नागढुङ्गा चेकपोस्टमा रोकेको छ ।

सम्बन्धित खबर