२०८२ मंसिर २५, बुधवार , ११:४६:०० बजे

Sajhamanch
'

काठमाडौं विश्वविद्यालयको आज दीक्षान्त समारोह

बुधवार, मंसिर २५, २०८२

काठमाडौं । काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालय (केयु) को ३१औँ दीक्षान्त समारोह आज हुँदैछ । पहिलो चरणमा दुई हजार २०९ जना विद्यार्थी दीक्षित हुँदैछन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी रहेका छन् ।

प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनलगायत सहभागी हुने कार्यक्रम छ ।

समारोहमा नयाँदिल्लीको जवाहरलाल–नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक धुलिपुडी पण्डितले प्रमुख आतिथ्यतासहित दीक्षान्त मन्तव्य दिनुहुने कार्यक्रम तय भएको काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले जानकारी दिनुभयो ।

समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टस्का ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इञ्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ म्यानेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ गरी कूल दुई हजार २०९ विद्यार्थी यसपटक दीक्षित हुने भएका हुन् ।

दीक्षितमध्ये विद्यावारिधी, डीएम र एमसीएच तहका सात, स्नातकोत्तर तहका ३९७, पीजीडी तहका ५० र स्नातक तहका एक हजार ७२८ जना रहेका छन् ।

सम्बन्धित खबर