२०८२ पौष २८ सोमवार , ०५:२०:५६ बजे

Sajhamanch
'

सरकारसमक्ष दुर्गा प्रसाईका माग यस्ता छन्, फेरि पुस २ मा वार्ता गर्ने

सोमवार, मंसिर २२, २०८२

काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग वार्ता गरेको छ ।

नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईंसँग सोमबार प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसहितले छलफल गरेका हुन् ।

प्रधानमन्त्री कार्कीको निर्देशनमा समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरूमा छलफलका लागि प्रसाईंलाई आज वार्तामा बोलाइएको थियो ।

प्रसाईं समूहले गत मंसिर ६ देखि नै राख्दै आएका मागहरूको पूर्ण कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराइएको बताएको छ ।

वार्तामा सहजीकरण गरेका अधिवक्ताद्वय  विनोदमणि भट्टराई र लवन न्यौपानेका अनुसार, आफ्ना मागहरूबारे आज विस्तृत छलफल भएको छ ।

अब पुस २ गते दोस्रो चरणको वार्ता गर्ने सहमति भएको बताइएको छ ।

प्रसाईंले आफूले अघि सारेका मागबारे बुँदागत रुपमा प्रस्तुति दिएका थिए । त्यसपछि प्रधानमन्त्रीले जवाफ दिएकी थिइन् ।

सो क्रममा प्रसाईंले सरकारबाट आफ्ना माग पूरा भएको खण्डमा सरकारका लागि छाति थाप्न तयार रहेको बताएका छन् ।

सरकारले भने उनका मागहरूको अध्ययनका लागि समय माग गरेको छ ।

यस्ता छन् प्रसाईंले अघि सारेका माग :