२०८२ मंसिर २०, शुक्रवार , ०५:१६:४२ बजे

Sajhamanch
'

ताइवानले चिनियाँ एप रेडनोटमाथि प्रतिबन्ध लगायो

शुक्रवार, मंसिर २०, २०८२

झापा । ताइवानले लोकप्रिय चिनियाँ सामाजिक सञ्जाल एप रेडनोटमाथि प्रतिबन्ध लगाएको छ । अनलाइन किनमेल घोटालाको चिन्तापछि ताइवानले रेडनोटमा एक वर्षका लागि पहुँच रोक्ने बताएको बीबीसीले जनाएको छ ।

ताइवानको आपराधिक अनुसन्धान ब्युरोले गएको वर्षदेखि एपमा १ हजार ७०० भन्दा धेरै ठगीका घटनाहरू पत्ता लगाएको बताएको छ । यस अवधिमा ७९ लाख अमेरिकी डलरभन्दा धेरै ठगी भएका स्थानीय मिडिया रिपोर्टलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

यो एप टिकटक जस्तै प्लेटफर्म हो जसमा बिल्ट–इन किनमेल सुविधाहरू छन् । स्थानीय रिपोर्टहरूका अनुसार ताइवानका इन्टरनेट सेवा प्रदायकहरूलाई एपमा पहुँच रोक्न आदेश दिइएको छ जसले कम्तीमा ३० लाख घरेलु प्रयोगकर्ताहरूलाई असर गर्नेछ ।

ताइवानका समाचार संस्थाहरूले ठगीका घटनाहरू बढेको र डाटा सुरक्षा मापदण्डहरू पूरा गर्न असफल भएपछि प्रयोगकर्ताहरूलाई जोखिममा पारेका कारण एपमाथि प्रतिबन्ध लगाइएको बताएका छन् ।

सन् २०१३ मा शुरू भएको रेडनोट अर्थात् ‘सियाओहोङ्श’ का विश्वभर करोडौं प्रयोगकर्ता छन् र यो विशेष गरी एशियामा लोकप्रिय छ ।

सम्बन्धित खबर