
झापा । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले डोनबास क्षेत्र नछाडे थप बल प्रयोग गरी कब्जा गर्ने चेतावनी दिनुभएको छ । युक्रेनमा युद्ध समाप्त गर्ने विषयमा अरु कुनै पनि सम्झौतामा आफू सहमत नहुने समेत उहाँले स्पष्ट पार्नुभएको छ ।
भारत भ्रमणमा रहनुभएका पुटिले पत्रकारसँग कुरा गर्दै गरिरहेको क्षेत्र युक्रेनले नछोडे आक्रमण बढाउने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कुनै पनि भूभाग छोड्न नसकिने भन्दै रूसमाथि दवाव बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।
अमेरिकी शान्ति–योजनामा छलफल भइरहेपनि कब्जा गरिएका भूभागको भविष्य र युक्रेनका लागि सुरक्षा प्रत्याभूति अहिलेसम्म टुंगिएको छैन ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने रुस–युक्रेन युद्ध अन्त्यको सहमति नजिक पुगिएको दाबी गर्नुभएको छ । रुसी राष्ट्रपतिले युक्रेनमाथि थप बल प्रयोग गर्ने चेतावनी दिएकै समयमा ट्रम्पको पनि अभिव्यक्ति आएको हो ।


