२०८२ मंसिर १८, बुधवार , ०३:४८:११ बजे

Sajhamanch
'

गुण एअरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

बुधवार, मंसिर १८, २०८२

काठमाडौं । प्रहरीले गुण एअरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ । प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्‍याएको घटनामा संलग्न भएको आरोपमा शाक्यलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि सीआईबीले प्रभु बैंककै प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरेको थियो । उनीहरूमाथि भइरहेको अनुसन्धानका सिलसिलामा शाक्यलाई पनि पक्राउ गरेको सीआईबीले जनाएको छ ।

रेमिट्यान्स कारोबार र धरौटीबापतको रकम भुक्तान नगरि देशभरका विभिन्न सहकारीलाई ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक देवीप्रकाश भट्टचन, सञ्चालक कुसुम लामाविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ ।

गुण समूहले रियल स्टेट, हाउजिङ, सिनेमाघर, मोटर पार्ट्स, व्यावसायिक भवनहरू लगायतका क्षेत्रमा लगानी गरिरहेको छ ।

सम्बन्धित खबर