
झापा । भारतको राजधानी दिल्लीमा आज बिहान वायुको गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार बिहान ७ बजे दिल्लीको समग्र एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३७६ मापन गरिएको छ, यो ‘निकै खराब’ श्रेणीमा पर्छ ।
सीपीसीबीका तथ्यांकअनुसार दिल्लीका धेरै मापन केन्द्रहरूमा प्रदूषण स्तर निकै बढेको छ । धेरै ठाउँहरूमा एक्यूआई ४०० भन्दा माथि पुगेको छ । झन्डै सबै प्रमुख ठाउँहरूमा वायु गुणस्तर ‘गम्भीर’ श्रेणीमा दर्ता भएको बीबीसी हिन्दीले जनाएको छ । आनन्द विहारमा एक्यूआई ४०५, अशोक विहारमा ४०३, चाँदनी चोकमा ४३१ र जहाँगीरपुरीमा ४०६ मापन गरिएको सीपीसीबीले जनाएको छ ।
यसैबीच अहिले पाकिस्तानको लाहोर विश्वकै सबैभन्दा प्रदूषित शहरको एक नम्बरमा छ । अहिले दिल्ली दोस्रो नम्बरमा र बङ्गलादेशको ढाका तेस्रो स्थानमा छन् ।


