२०८२ मंसिर १८, बुधवार , १०:४३:४० बजे

Sajhamanch
'

घाम नलाग्दा काठमाडौँमा चिसो बढ्यो, दिउँसो खुल्ने

बुधवार, मंसिर १८, २०८२

काठमाडौँ ।  काठमाडौं उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। यस्तै तराईका केही स्थानमा पनि बिहानैबाट हुस्सु र कुहिरो लागेको छ।मध्याह्नसम्ममा खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्याह्नपछि हुुस्सु हटेर जाने मौसमविद् गोविन्द झाले जानकारी दिए। मध्य हिउँदमा प्रवेश गरेकाले हुस्सु कुहिरो बन्नु सामान्य भएको उनले बताए।

काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ। हुम्लामा अहिले माइनस ३.१ डिग्री सेल्सियस छ। जुम्लाको न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस मापन गरिएको छ।

सम्बन्धित खबर

आजको मौसम
मङ्गलवार, मंसिर १७, २०८२
आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२
आजको मौसम
बिहिवार, मंसिर १२, २०८२