२०८२ मंसिर १७, मङ्गलवार , ०२:२६:०८ बजे

Sajhamanch
'

एनपीएल क्रिकेट : चितवनले जनकपुरलाई दियो १७७ रनको बलियो लक्ष्य

मङ्गलवार, मंसिर १७, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको बलियो लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनायो । उसका डेविड मलान र अर्जुन साउदले अर्धशतकीय पारी खेले ।

मलानले ५४ बलमा सर्वाधिक ८० रन र साउदले ३९ बलमा ५२ रन जोडे । लगातार चार खेल हारेर अंकतालिकाको पुछारमा रहेको जनकपुरका लागि यो खेल जितेमा ‘प्लेअफ’ मा पुग्ने गणितिय सम्भावना मात्रै कायम रहन्छ ।

आजको खेल हारेमा जनकपुर एनपीएल क्रिकेटको दोस्रो संस्करणमा प्लेअफबाट बाहिरीने पहिलो टोली बन्नेछ । चार खेलमा यसअघि दुई खेल जितेको चितवनका लागि भने यो खेल जिते ‘प्लेअफ’ को सम्भावना बलियो बन्नेछ । आजको दोस्रो खेलमा दिउँसो चार बजे पोखरा एभेन्जर्स र कर्णाली याक्सले खेल्दैछन् ।

यही मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा अहिलेसम्म १९ खेल सम्पन्न भएका छन् । अहिलेसम्म अपराजित टोली सुदूरपश्चिम रोयल्स १० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ ।

सम्बन्धित खबर