
काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ४.२८ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २६४५ अंकमा कायम भएको छ ।
अघिल्लो दिन पनि नेप्से २६ अंक घटेको थियो । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७१ करोडमा खुम्चियो ।
कुल १२४ कम्पनीको मूल्य बढ्दा १२६ को घट्यो भने ८ को स्थिर रह्यो । यस दिन सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.६८, होटल तथा पर्यटन ०।०४, लगानी ०.७३, जीवन बीमा ०.५१, अन्य ०.१८ तथा व्यापार ०.१० प्रतिशत घटे ।
माइक्रोफाइनान्स ०.६१, उत्पादन तथा प्रशोधन ०.३०, जलविद्युत् ०.२२, फाइनान्स ०.९१ तथा विकास बैंक ०.२६ प्रतिशत बढे ।
चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक कम्पनी छन् ।
त्यस्तै ग्रिन भेन्चर्सको ९.३१, नारायणी डेभलपमेन्ट बैंकको ६.६६, मनकामना इन्जिनियरिङको ५.४४ तथा युनाइटेड मोदी हाइड्रोपावरको ४.४० प्रतिशत मूल्य बढ्यो ।
बोटलर्स नेपाल बालाजुको मूल्य सबैभन्दा धेरै ३.९४ प्रतिशत घट्यो । एनआरएन इन्फ्रास्ट्रक्चरको ३ तथा सूर्यज्योति लाइफ इन्स्योरेन्सको २.२२ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, बन्दीपुर केबुलकार, नेपाल पुनर्बीमा र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।


