
काठमाडौं । इन्डोनेसियाको सुमात्रा टापुमा आएको विनासकारी बाढी र पहिरोमापरि झन्डै साढे ४०० भन्दा धेरैको ज्यान गएको छ । ४०० जना बेपत्ता भएको बीबीसीले जनाएको छ ।
इन्डोनेसिया राष्ट्रपति प्रबोवो सुबिआन्तो उत्तर सुमात्राको सेन्ट्रल टापानुली पुगी उद्धार केन्द्रहरूको अवलोकन गर्नुभएको छ ।
यसअघि श्रीलंका, थाइल्यान्ड, मलेसिया, भियतनाम र फिलिपिन्सगएको व्यापक बाढी पहिरोमा अहिलेसम्म नौ सय भन्दा धेरैको ज्यान गइसकेको छ ।
यी देशहरुमा पनि उद्धार र राहतको काम चलिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।


