२०८२ मंसिर १३, शुक्रवार , ०८:२२:५३ बजे

Sajhamanch
'

मेचीनगरमा विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ सचेतना

शुक्रवार, मंसिर १३, २०८२

मेचीनगर । प्रविधिको सही प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने नारा सिर्जना गरेर १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तरगत मेचीनगरका विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण दिइएको छ ।

मेचीनगर नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा–११ र १२ अध्ययनरत विद्यार्थीहरुलाई शुक्रबार ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण दिएको हो ।

नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा भएको सो कार्यक्रममा उहाँले अभिभावक तथा छोराछोरीहरुले निर्णायक भूमिका निर्वाह गर्न नसक्दा कहिले काहीँ दुर्घटना पर्न सक्ने सुझाउँदै प्रविधिको सही प्रयोग गर्न सके विद्यार्थीहरुको भविष्य उज्जवल हुनेमा जोड दिनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले इन्टरनेट अब जीवन प्रणाली भइसकेको बताउनु भयो ।

उहाँहरुले कहिले काहीँ प्रविधिको दुरुपयोग हुँदा हिंसा भड्किन सक्छ, त्यसैले विद्यार्थीहरु सचेत रहनु पर्दछ भन्नुहुँदै विद्यालयमा पढाउने शिक्षक भन्दा गुगल नै टिचर भइसकेको अवस्था रहेको अवगत गराउनु भयो ।

साइवर अपराध सम्बन्धी उक्त सचेतना कार्यक्रममा लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेती र इलाका प्रहरी कार्यालय धुलाबारीका सई मिलनकुमारी राईले प्रशिक्षण गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेलले गर्नुभएको थियो ।

सम्बन्धित खबर