
काठमाण्डौ । हिजो दिनभरजसो बदली रहेको मौसम आज भने सफा छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पारिलो घाम लागेको छ । बेंसी तथा खोंचहरुमा भने कुहिरो लागेको छ ।दिउँसोपख सबै ठाउँको मौसम घमाइलो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।


