२०८२ मंसिर १२, बिहिवार , ०४:१०:४९ बजे

Sajhamanch
'

हङकङको अपार्टमेन्टमा आगलागी स् ज्यान गुमाउनेको सङ्ख्या ५५ पुग्यो

बिहिवार, मंसिर १२, २०८२

झापा । हङकङको ताई पो क्षेत्रमा भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ५५ पुगेको छ । ताई पो क्षेत्रमा रहेको वाङ्फुक कोर्ट नामक विशाल हाउजिङ कम्प्लेक्समा आगो लाग्दा २७९ जनाभन्दा धेरै मानिस हराइरहेको बीबीसीले जनाएको छ ।

आगलागीबाट प्रभावित ७ भवनमध्ये ४ वटामा आगो निभेको र बाँकी रहेका आगो बेलुकासम्म निभाउने अधिकारीहरूले आशा व्यक्त गरेका खबरमा उल्लेख छ ।

प्रहरीले निर्माण कम्पनीका तीन जनालाई पक्राउ गरेको छ । भवन निर्माणमा लापर्बाही गरेको आरोपमा कम्पनीका दुई जना सञ्चालक र एक जना सल्लाहकारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आगो शुरू हुँदा कम्प्लेक्सको मर्मत भइरहेको थियो । गुणस्तरहीन निर्माण सामग्रीको कारण आगो छिटो फैलिएको अग्नी नियन्त्रकहरूले बताएका प्रहरीले जनाएको छ ।

विगत ६० वर्षयता भएको आगलागीमध्ये यो नै सबैभन्दा ठूलो भनिएको छ । वाङ्फुक कोर्टमा ८ वटा ३१–३१ तलाका अग्ला भवनहरू थिए । सन् २०२१ को जनगणना अनुसार ती बहुतले भवनहरूमा १ हजार ९८४ वटा अपार्टमन्ट थिए । ती अपार्टमेन्टमा ४ हजार ६०० जना मानिसहरू बस्थे ।

आगो निभाउन ७६७ जना अग्नि नियन्त्रकका साथै १२८ दमकल, ५७ एम्बुलेन्स र झन्डै ४०० प्रहरी खटाइएका छन् । आगलागीको कारण खुलेको छैन ।

सम्बन्धित खबर