२०८२ मंसिर १२, बिहिवार , ०४:०९:०० बजे

Sajhamanch
'

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमको लगातार चौथो जीत

बिहिवार, मंसिर १२, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जीत हासिल गरेको छ । आज भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ७ विकेटले हरायो ।

लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १८ ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका विनोद भण्डारीले नटआउट ६९, आरिफ शेखले ३९ रन बनाए । लुम्बिनीका रुबेन ट्रम्पेलमान, अभिशेष गौतम र तिलक भण्डारीले १/१ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनी १९ ओभर ४ बलमा १४३ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका कप्तान रोहित पौडेलले ३५, दिलिप नाथले ३१ रन बनाए । सुदूरपश्चिमका अविनाश बोहरा र हर्मीत सिंहले ३/३ विकेट लिए ।

यो जीतसँगै सुदूरपश्चिम ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । लुम्बिनी ४ खेलमा २ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ ।

यस्तै आजै दिउँसो ४ बजे तालिकाको सातौं स्थानमा रहेको जनकपुर बोल्ट्स र पुछारमा रहेको पोखरा एभेन्जर्स खेल्दैछन् । दुवै टोलीले यसअघिका दुई वटै खेल हारेर अङ्कविहीन छन् ।

एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल आउँदो २७ गतेसम्म चल्नेछ ।

सम्बन्धित खबर