
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनी १९ ओभर ४ बलमा १४३ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका कप्तान रोहित पौडेलले ३५, दिलिप नाथले ३१ रन बनाए । सुदूरपश्चिमका अविनाश बोहरा र हर्मीत सिंहले ३/३ विकेट लिए ।
तीन वटा खेल खेल्दा सबैमा जितेको सुदूरपश्चिम ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । तीनमध्ये दुईमा हार बेहोरेको लुम्बिनी २ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ ।
यस्तै आजै दिउँसो ४ बजे तालिकाको सातौं स्थानमा रहेको जनकपुर बोल्ट्स र पुछारमा रहेको पोखरा एभेन्जर्स खेल्दैछन् । दुवै टोलीले यसअघिका दुई वटै खेल हारेर अङ्कविहीन छन् ।
एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल आउँदो २७ गतेसम्म चल्नेछ ।


