२०८२ मंसिर ११, बुधवार , १०:३४:०६ बजे

Sajhamanch
'

मलेसिया, थाइल्यान्ड र भियतनाममा वर्षापछिको बाढीले क्षति

बुधवार, मंसिर ११, २०८२

झापा । गएको सोमबारदेखि हिजो मंगलबारसम्म थाइल्यान्ड र मलेसियामा लगातारको वर्षापछि आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ ।

यस्तै भियतनाममा एक हप्तादेखिको बाढी–पहिरोबाट ज्यान गुमाउनेको संख्या ९१ जना पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अल जजिराका अनुसार थाइल्यान्डमा कम्तीमा आठ जनाको ज्यान गएको छ भने सात लाख भन्दा भन्दा धेरै परिवार प्रभावित भएका छन् । धेरैको ज्यान करेन्ट लागेर र बाढीमा र बाढीसम्बन्धी घटनाका कारण भएको उल्लेख छ ।

यस्तै मलेसियामा १५ हजारभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ । मलेसियाका आठ राज्य बाढीबाट प्रभावित बनेका छन् । सरकारले उद्धार, राहत तथा आवास व्यवस्थापन तीव्र पारिरहेका छन्, तर मौसममा सुधार नआएकाले सतर्क रहन भनिएको छ ।

सम्बन्धित खबर