
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा शुरू हुनेछ ।
सन्दीप लामिछाने कप्तान रहेको विराटनरले यसअघि तीन खेल खेलेकोमा सबैमा विजयी भएको छ । विराटनगर ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
यसअघि दुई खेलमा एक जीत र एक हार व्यहोरेको चितवन दुई अंकका साथ तालिकाको पाँचौ स्थानमा छ । चितवनको कप्तान कुशल मल्ल रहेका छन् ।
एनपीएल क्रिकेटमा हिजो भएको खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले हरायो । एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली छन् ।
गएको मंसिर एक गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यही २७ गतेसम्म चल्नेछ ।


