२०८२ मंसिर ९, सोमवार , ०७:४१:०७ बजे

Sajhamanch
'

सुमनराज अर्याल मुख्यसचिव नियुक्त

सोमवार, मंसिर ९, २०८२

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त हुनु भएको छ । आजको मन्त्रिपरिषद् बैठकले उहाँलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल यही ९ मंसिर (भोलि)बाट अनिवार्य अवकाशमा जाने भएकाले आजको मन्त्रिपरिषद् बैठकले अर्याललाई नियुक्त गरेको हो ।

मुख्यसचिवमा एकनारायण अर्यालको नियक्ति १३ भदौ २०८१ मा भएको थियो ।

नवनियुक्त मुख्यसचिव सुमनराजले राष्ट्रिय योजना आयोग, युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव भएर काम गरिसक्नु भएको छ । साथै, उहाँ कोशी प्रदेश सरकारको प्रमुख सचिव पनि हुनुभएको थियो ।

उहाँसँगै गोकर्णमणि दुवाडी, राष्ट्रिय तथ्यांक कार्यलयका मधुसुदन बुर्लाकोटी, श्रम मन्त्रालयका कृष्णहरि पुष्कर र खानेपानी मन्त्रालयमा कार्यरत प्रमिलादेवी बज्राचार्य मुख्य सचिवको प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

सम्बन्धित खबर