२०८२ मंसिर ९, सोमवार , ०३:४३:१६ बजे

Sajhamanch
'

जनकपुरलाई हराउँदै विराटनगरको लगातार तेस्रो जीत

सोमवार, मंसिर ९, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लगातार तेस्रो जीत हासिल गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले हरायो ।

विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । जनकपुरका जान निकोल लोफ्टी–इटनले सबैभन्दा धेरै ४१ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनायो । विराटनगरका शुभम् रन्जानेले ३७, बसिर अहमदले ३६ रन बनाए । जनकपुरका रूपेश सिंह र सङ्गीत कुरेले २/२ विकेट लिए ।

यो जीतसँगै विराटनगर ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जनकपुरले भने लगातार दोस्रो हार बेहोरेको छ ।

एनपीएलमा आजै दोस्रो खेलमा दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स खेल्दैछन् ।

सम्बन्धित खबर