२०८२ मंसिर ९, सोमवार , ०३:३६:०२ बजे

Sajhamanch
'

प्रमुख स्वकीय सचिव श्रेष्ठ विश्वासिलो व्यक्ति हुन् : प्रधानमन्त्रीको सचिवालय

सोमवार, मंसिर ९, २०८२

काठमाडौं । कर्मचारी नियुक्ति विवादपछि प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले स्पष्टीकरण दिएको छ ।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले प्रेस विज्ञप्ति निकालेर प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्ने व्यक्ति भएको बताउनुभएको हो ।

जेनजी आन्दोलनको बलमा स्थापित सरकारका प्रधानमन्त्री कार्कीले मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही त्यही अनुरूपको आचरण र व्यवहार गर्दै आएको पनि प्रेस संयोजक रावलको दाबी छ । उहाँले श्रेष्ठलाई नियुक्तिमा अनावश्यक जोडेको जिकिर पनि गर्नुभएको छ ।

सम्बन्धित खबर