२०८२ मंसिर ९, सोमवार , १२:१४:५१ बजे

Sajhamanch
'

खण्डहर बन्यो इतिहास बोकेको विराटनगर जुट मिल

सोमवार, मंसिर ९, २०८२

विराटनगर । नेपालको पहिलो सरकारी स्वामित्वको विराटनगर जुट मिल लामो समयदेखि बन्द छ । यो मिलसँग नेपालको राजनीतिक आन्दोलनको इतिहास जोडिएको छ।

जुद्धशमशेरले १९९३ सालमा स्थापना गरेको यही उद्योग परिसरमा नेपाली कांग्रेसले २००६ सालमा ‘प्रजातन्त्र रेडियो’ सञ्चालन गरेको थियो । पूर्व प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले राजनीतिक यात्रा यहीँबाट शुरू गर्नु भएको थियो।

ऐतिहासिक उद्योग भए पनि राजनीतिक हस्तक्षेप हुँदा पटक-पटक खुल्ने र बन्द हुने क्रम चलिरहेको छ । पछिल्लो पटक २०७० सालदेखि यो बन्द छ । लामो समयदेखि बन्द भएको उद्योग खण्डहर जस्तै बनेको छ ।

६९ बिघा जग्गामा फैलिएको यो उद्योग पुनस् सञ्चालनका लागि सरकारले निर्णय गरेपनि कार्यान्वयन हुन सकेको छैन । संरक्षण अभावमा उद्योगका धेरै सामान चोरी भएका छन् । भएका पनि लामो समयदेखि प्रयोगविहीन हुँदा खियाले काम नलाग्ने भएका छन् ।

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापनासँगै मिलको अवस्था खस्किन शुरू भएको हो । सञ्चालक समितिमा राजनीतिक भर्ती गर्ने र राजनीतिक अस्थिरताका कारण नेतृत्व र व्यवस्थापन पटक पटक परिवर्तन भएकाले उद्योग यो अवस्थामा पुगेको जानकारहरू बताउँछन् ।

सम्बन्धित खबर