२०८२ मंसिर ९, सोमवार , ११:३३:०२ बजे

Sajhamanch
'

यमनमा जासुसी गरेको आरोपमा १७ जनालाई मृत्युदण्डको सजाय

सोमवार, मंसिर ९, २०८२

झापा । यमनको विशेष फौजदारी अदालतले जासुसी गरेको आरोपमा १७ जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ ।

गएको शनिबार सार्वजनिक रूपमा फायरिङ स्क्वाडद्वारा सजाय कार्यान्वयन गर्ने फैसला सुनाएको समाचारसंस्था एपीले जनाएको छ । यो निर्णयलाई हुथीहरूले विदेशी एजेन्सीका कर्मचारीहरूमाथि वर्षौंदेखि गर्दै आएको कठोर दमनको पछिल्लो उदाहरणका रूपमा लिइएको छ ।

अदालतले दोषी ठहरिएका व्यक्तिहरूलाई ‘अमेरिकी, इजरायली र साउदी गुप्तचर निकायसँग सम्बद्ध जासुसी सञ्जालभित्र सक्रिय’ रहेको दावी गर्दै उनीहरूले २०२४ देखि २०२५ को अवधिसम्म यमनसँग शत्रुतामा रहेका विदेशी राज्यहरूसँग संवेदनशील जानकारी आदानप्रदान गरेको आरोप लगाएको छ ।

सम्बन्धित खबर