२०८२ मंसिर ८, आइतवार , १०:४०:३० बजे

Sajhamanch
'

अण्डाको भाउ बढ्यो, अवैध आयात रोकिएपछि लागत मूल्य पाइयो : व्यवसायी

आइतवार, मंसिर ८, २०८२

चितवन । अण्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको छ ।

सङ्घका अनुसार बढेको मूल्य अनुसार अति ठूलो अर्थात् (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) ५२०, ठूलो अण्डा ५०५ र मध्यमको प्रतिक्रेट ४९० रुपैयाँ कायम गरिएको छ ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा अण्डा प्रतिक्रेट ५५ रुपैयाँले बढेको छ । उहाँका अनुसार पछिल्ला महिना भारतीय अण्डा अवैध रूपमा आउनेक्रम रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको अवस्था छ ।

जाडो महिनामा अण्डाको खपत केही बढ्ने गरेको व्यवसायीले बताएका छन् । भाउ बढेसँगै व्यवसायी किसान लाभान्वित भएका छन् । उपभोक्तालाई भने विगतको भन्दा महंगो पर्नेछ । नेपालमा दैनिक झन्डै ४० लाख गोटा अण्डा उत्पादन हुने गरेको अनुमान छ ।

सम्बन्धित खबर