२०८२ मंसिर ८, आइतवार , ०८:२५:३८ बजे

Sajhamanch
'

काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम बिहान ७.८ डिग्री सेल्सियसमा झर्‍यो

आइतवार, मंसिर ८, २०८२

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ । काठमाण्डौ उपत्यकामा हिजोभन्दा आज चिसो थप बढेको हो ।

हिजो ८ .५ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम काठमाण्डौ उपत्यकामा आज बिहान पौने ६ बजेको मापन अनुसार थप घटेको हो । काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढिरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले चिसो क्रमशः बढ्दो क्रममा रहेकाले त्यसैअनुसार स्वास्थ्य सावधानी र आवश्यक तयारी गर्न आग्रह गरे ।अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आइतवार, मंसिर ८, २०८२ | Weather, समाज

सम्बन्धित खबर

पहाडी भेगको मौसम आंशिक बदली
शुक्रवार, मंसिर ६, २०८२
यस्तो छ आज देशभरको मौसम
बुधवार, मंसिर ४, २०८२
देशभरको मौसम सफा, चिसो बढ्दै
सोमवार, मंसिर २, २०८२