२०८२ मंसिर ५, बिहिवार , ०४:०४:३८ बजे

Sajhamanch
'

बारामा शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन

बिहिवार, मंसिर ५, २०८२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ ।

जेनजी समूह र एमाले कार्यकर्ताबीच झडप भएर तनाव उत्पन्न भएकोतर्फ ध्यानाकर्षण गराउँदै आयोगले सरकारलाई स्थिति सामान्य बनाउन निर्देशन दिएको हो ।

यस्तै आयोगले आउँदा दिनमा यस प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न, घटनाको छानबिन गर्न एवम् घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

प्रवक्ता डा. टीकाराम पोखरेलले निकाल्नुभएको विज्ञप्तिमा मानव अधिकार आयोगले सिमरा घटनाको अनुगमन गरिरहेको पनि उल्लेख छ ।

सम्बन्धित खबर