२०८२ मंसिर ५, बिहिवार , ०३:५१:१९ बजे

Sajhamanch
'

अमेरिकाबाट ३५ नेपाली डिपोर्ट, विद्यार्थी भिसाका पनि फर्काइए

बिहिवार, मंसिर ५, २०८२

काठमाडौं । अमेरिकाबाट ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् ।

डिपोर्ट भएर आएका अधिकांशजसो तल्लो बाटोबाट गएकाहरू छन् । एक जना भने विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताउनु भयो ।

ती विद्यार्थी कलेजमा रिन्यू (नवीकरण) नगरी भिसा विपरित काम गरेको पाइएपछि फर्काइएको पाइएको पंगेनीले बताउनु भयो । अर्का एक जना भने भिजिट भिसामा गएर काम गर्न थालेपछि पक्राउ परेर डिपोर्ट भएको पाइएको पंगेनीले बताउनु भयो ।

बाँकी ३३ जना भने अवैध तरिकाले तल्लोबाट अमेरिका पुगेकाहरू छन् । यसरी जानेहरुले ८० लाख रुपैयाँसम्म तिरेको पाइएको छ । विभिन्न देश हुँदै अवैध तरिकाले छिरेको २ वर्षपछि पनि अमेरिकाले डिपोर्ट गरेको छ ।

फर्काइएकाहरू अधिकांशजसो रुकमरदाङतिरका रहेकाले प्रहरीले बताएको छ । यसरी फर्काइएकाहरूले जाहेरी दिने भने मानेका छैनन् ।

अमेरिकी राष्ट्रपति निर्वाचित भएलगत्तै डोनाल्ड ट्रम्पले अमेरिकामा अवैध आप्रवासीहरूप्रति कडा नीति लिएका थिए । जसअनुसार उनले अवैध रूपमा अमेरिका रहेका आप्रवासीहरूलाई फिर्ता गर्ने अभियान सुरु गरे ।

ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि २०० बढी नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् ।

सम्बन्धित खबर