२०८२ मंसिर ४, बुधवार , १०:३४:५७ बजे

Sajhamanch
'

लेबनानको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण : कम्तीमा १३ जनाको ज्यान गयो

बुधवार, मंसिर ४, २०८२

झापा । दक्षिणी लेबनानको ऐन–अल–हिलवे शरणार्थी शिविरमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ । अरू धेरै घाइते भएका छन् ।

गएको वर्षको युद्धविरामपछि लेबनानमाथि सबैभन्दा घातक आक्रमण भएको अल जजिराले जनाएको छ । इजरायली ड्रोनले सिदोन क्षेत्रमा पार्क गरिएको कारलाई निशाना बनाएको थियो ।

इजरायली सेनाले आफूले हमासले प्रयोग गर्ने तालिम केन्द्रमा प्रहार गरेको जनाएको छ । जहाँबाट इजरायलमाथि हमला गर्ने तयारी भइरहेको इजरायलको दाबी छ । तर लेबनानले यसलाई ‘जघन्य अपराध’ भन्दै निन्दा गरेको छ ।

सम्बन्धित खबर