
झापा । साउदी अरबमा गएराति बस दुर्घटना हुँदा ४५ जना भारतीय नागरिकको ज्यान गएको छ । मक्काबाट मदिना जाँदै गरेको मुस्मिल तीर्थयात्री बोकेको बस डिजेल ट्याङ्करसँग ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् ।
मदिना पुग्नुभन्दा झन्डै २५ किलोमिटर अगाडि दुर्घटना भएको हो । बसमा ४६ जना यात्रु रहेकामा एक जना भाग्न सफल भएका र उनको उपचार भइरहेको खबरमा उल्लेख छ ।
यसैबीच तेलङ्गानाका मुख्यमन्त्री रेवन्त रेड्डीले घटनाप्रति दुःख व्यक्त गर्दै सरकार रियादमा रहेको भारतीय दूतावाससँग सम्पर्कमा रहेको बताउनुभएको छ ।
यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीसहित विदेशमन्त्री एस जयशङ्कर, हैदराबादका सांसद असदुद्दीन ओवैसीले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।


