
झापा । ब्राजिलको अमेजोन क्षेत्रको शहर बेलेममा संयुक्त राष्ट्रसङ्घको कोप–३० जलवायु सम्मेलनमा कडा वार्ता गरिरहेका वार्ताकारलाई सही निर्णयमा पुग्न दवाब सिर्जना गर्न जलवायुविद्, अभियानकर्मी र हजारौँ समर्थकहरूले शनिवार बेलेमको सडकमा जुलुस निकालेका छन् ।
चर्को घाममा जलवायु परिवर्तनका कारण अत्यधिक प्रभावित अमेजन क्षेत्रका आदिवासी जनजातिहरू जुलुसमा उत्सव मनाउने वातावरणमा भेला भएका तर उनीहरूले पृथ्वीको विशाल ‘समुद्र तटको संरक्षण’, ‘सुरक्षित अमेजन’, जस्ता शब्दहरू लेखिएको ब्राजिलको झण्डा बोकेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।
ग्लासगोमा चार वर्षअघि कोप–२६ पछि वार्षिक जलवायु वार्तास्थल बाहिर भएको यो पहिलो ठूलो विरोध प्रदर्शन हो । पछिल्ला तीन सभाहरू प्रदर्शनप्रति कम सहिष्णुता भएका इजिप्ट, दुबई र अजरबैजानमा आयोजना भएका थिए ।
आयोजकहरूले ‘ग्रेट पिपुल्स मार्च’ को नाम दिएको बेलेम जुलुस विवादास्पद वार्ताको मध्यतिर भएको छ । हप्ताको शुरुमा कारबाही अवरुद्ध गरेको दुई आदिवासी–नेतृत्वको विरोध प्रदर्शनपछि भएको छ । शहरको माध्यबाट साढे पाँच किलोमिटरको यात्रा पछि प्रदर्शन कोप–३० सम्मेलन आयोजना स्थलमा पुगी समापन भएको थियो ।


