२०८२ कार्तिक २९, शुक्रवार , ०१:१२:५२ बजे

Sajhamanch
'

आज सुनचाँदीको भाउ सामान्य घट्यो

शुक्रवार, कार्तिक २९, २०८२

काठमाडौं । आज सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ ५०० रुपैयाँले घटेर तोलाको दुई लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको दुई लाख ५० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी ६० रुपैयाँले घटेर तोलाको तीन हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तीन हजार ३४५ रुपैयाँ थियो ।

शुक्रवार, कार्तिक २९, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर