
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इतिहासकै सबैभन्दा लामो सरकारी शटडाउन अन्त्य गर्ने बिलमा हस्ताक्षर गर्नुभएको छ ।
गएको शनिवार अमेरिकी माथिल्लो संसद (हाउस अफ रिप्रेजेन्टेटिभ्स) ले यो बिल पारित गरेको थियो, जसमा ६ जना डेमोक्र्याटले रिपब्लिकनसँगै समर्थन जनाएका थिए ।
यसअघि अस्ति सोमबार अमेरिकी संसदले सरकारलाई फन्डिङ गर्ने र शटडाउन अन्त्य गर्ने बिल पारित गरेको थियो । शटडाउन शुरू भएको ४३ दिनको अवधिमा संघीय कर्मचारीहरू तलब बिना काम गर्न बाध्य थिए ।
संघीय कार्यक्रम, एजेन्सी र विभागहरू बिना बजेटका कारण ठप्प छन् । संसदबाट बिल पास भएपछि राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरी बिललाई अनुमोदन गरेसँगै सरकारको कामकाज फेरी शुरू हुने बीबीसीले जनाएको छ ।


