२०८२ कार्तिक २८, बिहिवार , ०२:००:५४ बजे

Sajhamanch
'

निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

बिहिवार, कार्तिक २८, २०८२

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोग बुधबारदेखि अवकाशमा गएका पूर्वप्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक लगएको छ।

गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोग, २०८२ ले खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो।

आयोगको बिहीबार बसेको बैठकले खापुङलाई कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले तत्कालै लागू हुने गरी उहाँको विदेश भ्रमण रोक्ने निर्णय गरेको हो ।

आयोगको स्वीकृतिबिना काठमाडौं उपत्यका बाहिर जान नपाउने व्यवस्था गर्न पनि सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको प्रवक्ता विज्ञानराज शर्माले बताउनु भयो ।

आयोगले पूर्वआईजीपी खापुङलाई त्यस निर्णयबारे जानकारी गराइसकेको बताएको छ। साथै, भदौ २३ र २४ को घटनामा कसैको क्षति विवरण पठाउन बाँकी भए उपलब्ध गराउन पनि भनेको छ ।

सम्बन्धित खबर