२०८२ कार्तिक २७, बुधवार , ११:१५:५८ बजे

Sajhamanch
'

अफगानिस्तानको हेरातमा महिलालाई अस्पताल प्रवेश गर्न बुर्का अनिवार्य

बुधवार, कार्तिक २७, २०८२

झापा । अफगानिस्तानको हेरात शहरमा तालिबान प्रशासनले महिलालाई अस्पताल प्रवेश गर्न बुर्का लगाउन अनिवार्य गरेको छ ।

गएको हप्तादेखि लागू भएको यो नियमका कारण तत्काल उपचार आवश्यक परेका महिलासमेत अस्पताल जानबाट रोकिएका निःशुल्क चिकित्सकीय सहायता प्रदान गर्ने अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था एमएफएसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

जसले गर्दा बिरामी भर्ना हुने संख्यामा २८ प्रतिशतले कमी आएको छ । तालिबानका प्रवक्ताले भने महिलालाई बुर्का लगाउन बाध्य नपारेको दाबी गर्दै हिजाब मात्र पालना गर्न भनिएको बताएका छन् ।

यसैबीच, स्थानीय महिलाहरूले विद्यालय र सरकारी कार्यालयमा पनि बुर्का अनिवार्य गरिएको आरोप लगाएका छन् । केही महिलाले यसको विरोध गर्दै बुर्का जलाएको भिडियो सामाजिक सञ्जालमा आएका छन् ।

सन २०२१ मा सत्तामा फर्किएपछि तालिबानले महिलामाथि शिक्षादेखि रोजगारीसम्म कडा प्रतिबन्ध लगाउँदै आएको छ । संयुक्त राष्ट्रसंघले यस अवस्थालाई लैङ्गिक विभेदको चरम रुप भनेर प्रतिक्रिया दिएको छ ।

सम्बन्धित खबर