२०८२ कार्तिक २६, मङ्गलवार , १२:३०:३४ बजे

Sajhamanch
'

एनपीएलको खेल तालिका सार्वजनिक : पहिलो खेलमा जनकपुर र काठमाडौंले खेल्ने

मङ्गलवार, कार्तिक २६, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हिजो खेल तालिका सार्वजनिक गरेको हो ।

आउँदो मंसिर १ गतेदेखि शुरु हुने दोस्रो संस्करणको तालिका अनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रङ्गशालामा फ्लडलाइटमा पनि खेलिने भएको छ ।

तालिका अनुसार उद्घाटन खेलमा गएको वर्षको विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज खेल्ने छन् । यो खेल दिउँसो ४ बजेदेखि शुरु हुनेछ । उद्घाटन खेल नै फ्ल्डलाइटमा हुने क्यानले जनाएको छ ।

तालिकाअनुसार एनपीएलको प्लेअफका तीन तथा फाइनल अनि लिग चरणका १९ खेलहरू फ्लडलाइटमा खेलिने छन् ।

त्रिवि क्रिकेट रङ्गशालामा १० हजार क्षमताको प्यारापिट निर्माण सम्पन्न भइसकेको छ भने फ्लडलाइट जडानको काम पनि अन्तिम चरणमा छ । आठ वटै टोलीमा अनुबन्धित विदेशी खेलाडी र प्रशिक्षक काठमाण्डौ आउने क्रम जारी छ । साथै एनपीएल खेल्ने टोलीका अधिकांश खेलाडी अभ्यासमा व्यस्त छन् ।

सम्बन्धित खबर