२०८२ कार्तिक २६, मङ्गलवार , १२:३५:१३ बजे

Sajhamanch
'

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

मङ्गलवार, कार्तिक २६, २०८२

काठमाडौं । बलिउड अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उहाँको ८९ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई हिजो ब्रिच क्यान्डी अस्पताल मुम्बईमा भर्ना गरिएको थियो । उहाँको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

धर्मेन्द्रका छोरीहरूलाई विदेशबाट मुम्बई बोलाइएको छ । धर्मेन्द्रको जन्म १९३५ डिसेम्बर ८ तारिखमा नस्रालीमा भएको थियो । बलिउडमा धर्मेन्द्रले ६ दशकभन्दा लामो आफ्नो फिल्मी करियरमा उत्कृष्ट छाप छोड्न सफल भए । उनी अभिनित ‘शोले’ सबैभन्दा धेरै चलेको भारतीय चलचित्रमध्ये पर्छ ।

यो चलचित्रमा निभाएको ‘वीरु’ चरित्रले धर्मेन्द्रलाई बलिउडका ‘वीरु’ भनेर चिनिन्थ्यो । उनका दुई श्रीमती प्रकाश कौर र हेमा मालिनी रहेकोमा हेमासँग बिवाहपछि कौरसँग सम्बन्ध छुटेको थियो ।

उहाँका ६ सन्तान अभिनेता सन्नी देओल, बबी देओल, ईशा देओल र आहना देओल, अजिता र विजेता रहेका छन् । धर्मेन्द्रको निधनसँगै बलिउडमा एउटा इतिहासको अन्त्य भएको छ ।

सम्बन्धित खबर