
झापा । अमेरिकामा सङ्घीय सरकारको ‘शटडाउन’ को असरले एकैदिन १ हजार ४०० यभन्दा धेरै उडान रद्द भएका छन् ।
‘शटडाउन’ का कारण वायुसेवा कम्पनीहरूलाई उडान कटौती गर्न निर्देशन दिएपछि हिजो एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी १ हजार ४०० भन्दा धेरै उडान रद्द भएका बीबीसीले जनाएको छ ।
उडान कटौती र ढिलाइले विभिन्न देशबाट अमेरिका जाने वा अमेरिकाबाट विभिन्न देश जाने यात्रु प्रभावित भएका छन् । फ्लाइट ट्र्याकर ‘फ्लाइटअवेयर’ का अनुसार हिजो ६ हजार उडान ढिलाइ भएका थिए । त्यसअघि शुक्रवार ७ हजारभन्दा धेरै उडान प्रभावित भएका थिए ।
सङ्घीय उड्डयन प्रशासन ९एफएए० ले यस हप्ताको शुरूमा देशका ४० वटा व्यस्त विमानस्थलमा १० प्रतिशतसम्म हवाई सेवा कटौती गर्ने घोषणा गरेको थियो ।
‘शटडाउन’ का कारण एअर ट्राफिक कन्ट्रोलरहरूले विना तलब काम गरिरहेका छन् । ट्राफिक कन्ट्रोलरहरूको अभावले उडानहरूमा उल्लेखनीय असर पारेको छ । उनीहरूले या त बिरामी बिदा लिइरहेका छन् वा अन्यत्र काम गरिरहेका खबरमा उल्लेख छ ।
अमेरिकी इतिहासकै सबैभन्दा लामो ‘शटडाउन’ अर्थात् बन्द निरन्तर रहँदा लाखौं सङ्घीय कर्मचारीले अहिले विना तलब काम गरिरहेका छन् ।
माथिल्लो सदन सिनेटबाट बजेट पास गर्ने प्रयास विफल हुँदा अमेरिकमा ‘गभन्र्मेन्ट शटडाउन’ को अवस्था उत्पन्न भएको हो । जसका कारण धेरै सरकारी कामकाज अस्थायी रूपमा स्थगित भएका छन् ।


