
मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा तीन अर्व दुई करोड ७३ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
भन्सार प्रमुख रमेश खड्काका अनुसार गएको तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय गाडीका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ । यो नाकाबाट २८ वटा मालबाहक गाडीले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र सिजाङ पुर्याएका छन् ।
बाढीपहिरोले तातोपानी र रसुवागढी नाका अवरुद्ध भएपछि कोरला नाकाबाट चीनसँगको मुलुकको आयात निर्यात जारी छ ।


