२०८२ कार्तिक २१, बिहिवार , ०३:१८:१५ बजे

Sajhamanch
'

अमेरिकी सरकारी शटडाउन इतिहासकै सबैभन्दा लामो, हवाई सेवा र जनजीवनमा असर

बिहिवार, कार्तिक २१, २०८२

झापा । अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी शटडाउन हिजो पूरा भएको छ । यो शटडाउनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालको ३५ दिनको रेकर्ड तोडेको छ ।

संसदले गएको सेप्टेम्बर ३० सम्म बजेट पारित गर्न असफल भएपछि सरकारी कोष रोकिँदै आएको छ । यसले सङ्घीय निकायहरूदेखि सर्वसाधारणको दैनिकीसम्म गम्भीर असर पारेको समाचारसंस्था एएफपीले जनाएको छ ।

सरकारी कार्यक्रमहरू ठप्प हुँदा लाखौँ अमेरिकीलाई अत्यावश्यक खाद्यान्न र सहायता पाउन कठिनाइ भइरहेको छ । अहिले १४ लाखभन्दा धेरै सङ्घीय कर्मचारी तलब बिना काम गरिरहेका छन् वा जबरजस्ती बिदामा बस्न बाध्य भएका छन् । शटडाउनको मूल कारण भनेको स्वास्थ्य सेवासम्बन्धी खर्च हो ।

डेमोक्रेटहरू लाखौँ अमेरिकीका लागि स्वास्थ्य बीमामा दिइँदै आएको अनुदानको म्याद सकिएपछि मात्र बजेटमा सहमति जनाउने अडानमा छन् । तर रिपब्लिकनहरू स्वास्थ्य विषयलाई पछि सम्बोधन गर्ने शर्तमा अहिले नै सरकारी कार्य पुनः शुरू गर्न दबाब दिइरहेका छन् । यद्यपि, पछिल्ला दिनहरूमा केही मध्यमार्गी सांसदहरूले समाधानको सङ्केत देखाएका खबरमा उल्लेख छ ।

सम्बन्धित खबर