२०८२ कार्तिक २१, बिहिवार , १०:३०:३४ बजे

Sajhamanch
'

प्रलोभनमा परेर म्यानमार पुगेका १४ जना नेपालीको उद्धार

बिहिवार, कार्तिक २१, २०८२

काठमाडौं । विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ जना नेपालीको उद्धार गरिएको छ । उनीहरूलाई म्यानमारमा रहेको नेपाली दूतावासको पहलमा उद्धार गरिएको हो । उनीहरूलाई म्यानमारको म्यावडीबाट उद्धार गरी हिजो नेपाल पठाइएको थाइल्याण्डमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार म्यानमारमा रहेका थप ११ जना नेपालीको चाँडै उद्धारका लागि पहल भइरहेको छ । म्यानमारको म्यावडीमा रहेका विभिन्न अनलाइन ठगी केन्द्रहरूबाट दुई हप्ताको अवधिमा ३८ जना नेपालीहरू समेत गरी विभिन्न २० देशका दुई हजारभन्दा धेरै विदेशी थाइल्याण्ड प्रवेश गरेका थिए ।

ती ३८ जना नेपालीलाई पनि नेपाल फर्काउन थाइल्याण्डका सम्बन्धित निकायसँग समन्वय भइरहेको दूतावासले जनाएको छ । साथै दूतावासले श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा नपर्न आग्रह समेत गरेको छ ।

सम्बन्धित खबर