२०८२ कार्तिक २०, बुधवार , ०७:०५:३७ बजे

Sajhamanch
'

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि ‘रेडिट’ र ‘किक’ पनि प्रतिबन्ध

बुधवार, कार्तिक २०, २०८२

झापा । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाका लागि ‘रेडिट’ र ‘किक’ लाई पनि सामाजिक सञ्जाल प्रतिबन्धको सूचीमा राखेको छ ।

अनलाइन फोरम ‘रेडिट’ र लाइभस्ट्रिमिङ प्लेटफर्म ‘किक’ का साथै अन्य सात प्रसिद्ध साइटहरू १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको सूचीमा समावेश हुने देशकी अनलाइन सुरक्षा आयुक्तलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ ।

आउँदो डिसेम्बर १० देखि फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, थ्रेड्स, टिकटक, एक्स र युट्युबमा पनि पहुँच प्रतिबन्धित गरिने सञ्चारमन्त्री अनिका वेल्सले बताउनुभएको खबरमा उल्लेख छ ।

गएको वर्षको नोभेम्बरमा अस्ट्रेलियाले ऐतिहासिक अनलाइन सुरक्षा कानून पारित गरेदेखि सामाजिक सञ्जाल प्लेटफर्महरूलाई प्रतिबन्धको तयारी गर्न १२ महिनाको समय दिएको छ ।

प्रारम्भिक छलफलहरू मुख्यतया फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक, एक्स र युट्युबमाथि प्रतिबन्ध लगाउनेबारे केन्द्रित थियो तर सूची पछि विस्तार गरिएको थियो । अस्ट्रेलियाली सञ्चारमन्त्री वेल्सले यो सूची परिवर्तन हुन सक्ने बताउनुभएको छ ।

गएको वर्ष १४० भन्दा धेरै अस्ट्रेलियाली र अन्तर्राष्ट्रिय शिक्षाविद्हरूले प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई खुला पत्रमा हस्ताक्षर गर्दै उमेर सीमा प्रतिबन्धलाई कठोर उपकरणका रूपमा विरोध गरेका थिए ।

यद्दपि बालबालिकामा अनलाइन प्लेटफर्मको प्रभावको बारेमा चिन्ता साझा गर्ने देशहरूले अस्ट्रेलियाली सरकारको यो कदमलाई नजिकबाट हेरिरहेका छन् ।

सम्बन्धित खबर