२०८२ कार्तिक २०, बुधवार , ११:२२:४५ बजे

Sajhamanch
'

३४ वर्षीय ममदानी न्यूयोर्कको मेयरमा निर्वाचित

बुधवार, कार्तिक २०, २०८२

झापा । ३४ वर्षीय जोहरान ममदानी अमेरिकाको न्यूयोर्क शहरको मेयरमा निर्वाचित हुनुभएको छ । न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै उहाँ मेयर निर्वाचित हुनुभयो । ममदानी न्यूयोर्क शहरको पहिलो मुस्लिम मेयर समेत बन्नुभएको छ ।

उहाँले आउँदो जनवरी १ तारिखमा पदभार ग्रहण गर्नुहुनेछ । महानगरका मतदाताले ममदानीको ऐतिहासिक जितपछि स्वागत गरिरहेका छन् । ममदानी राजनीतिमा आउनुअघि हिप–हप र्यापरका रुपमा परिचित हुनुहुन्थ्यो । न्यूयोर्कको मेयर जित्नुलाई अमेरिकामा ठूलो विषयका रुपमा चर्चा गरिन्छ ।

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा दोस्रो पटक विजयी भएको एक वर्ष पुगेको छ । यसअघि उहाँले ममदानीले चुनाव जिते न्यूयोर्कलाई दिइँदै आएको संघीय फन्डिङ रोक्ने चेतावनी दिनुभएको थियो । त्यसैले पनि ममदानीको जितलाई ट्रम्पविरुद्धको जितको अर्थमा विश्लेषण गरिएको बीबीसीले जनाएको छ ।

सम्बन्धित खबर