२०८२ मंसिर २०, शुक्रवार , ११:०९:५४ बजे

Sajhamanch
'

अमेरिकाको लुइसभिल विमानस्थलमा कार्गो जहाज दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

बुधवार, कार्तिक २०, २०८२

झापा । अमेरिकाको केन्टकीको लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । स्थानीय अधिकारीहरूले ज्यान गुमाउनेहरुको संख्या अझ बढ्न सक्ने बताएका बीबीसीले जनाएको छ ।

दुर्घटनामा कम्तीमा ११ जना घाइते छन् र केही व्यक्ति सम्पर्कविहिन भएका छन् । यूपीएसका अनुसार विमानमा तीन जना चालक दलका सदस्य थिए, तर उनीहरु अझै सम्पर्कविहिन छन् । सम्पर्कविहिन व्यक्तिहरुको खोजी भैरहेको छ । दुर्घटनास्थल वरपरका बासिन्दालाई घरभित्रै सुरक्षित रहन आग्रह गरिएको छ ।

विमानले झन्डै ३८ हजार ग्यालन इन्धन बोकेको थियो, जसमा विस्फोटपछि आगो लागेको र नजिकैका व्यवसायिक भवनहरू पनि डढेका छन् । संघीय विमान प्रशासन (एफएए) का अनुसार उडान भरेको फ्लाइट २९७६ स्थानीय समय अनुसार हिजो बेलुका सवा पाँच बजे दुर्घटना भएको हो ।

सम्बन्धित खबर