२०८२ कार्तिक १९, मङ्गलवार , ०२:३७:४६ बजे

Sajhamanch
'

सुडानको हिंसामा युद्ध अपराधको सङ्केत

मङ्गलवार, कार्तिक १९, २०८२

झापा । सुडानको एल–फासर शहरमा भएको अत्याचार युद्ध अपराध र मानवताविरुद्धको अपराध हुन सक्ने सङ्केत पाएको अन्तर्राष्ट्रिय फौजदारी अदालतको अभियोजनकर्ताको कार्यालय (आईसीसी)ले जनाएको छ ।

आईसीसीका अभियोजकको कार्यालय (ओटीपी) ले सामूहिक हत्या, बलात्कार र अन्य अपराधका बारेमा एल–फासरको रिपोर्टलाई लिएर ‘गहिरो चिन्ता’ व्यक्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले उल्लेख गरेको छ ।

सुडानी अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले गएको अक्टोबर २६ तारिखमा एल–फासरमा १८ महिनाको घेराबन्दी र बमबारीपछि नियन्त्रण जमाएको छ ।

लामो समय युद्ध हुँदा स्थानीयहरूले आफ्नो दैनिक काम गर्न नसक्दा त्यहाँ चरम भोकमरीको अवस्था आएको छ । सुडानको एल फासर पश्चिमी डार्फर क्षेत्रमा सेनाको नियन्त्रणमा रहेको अन्तिम क्षेत्र मानिन्थ्यो ।

सम्बन्धित खबर