२०८२ कार्तिक १८, सोमवार , ०३:५९:३१ बजे

Sajhamanch
'

५ एसएसपी डीआईजीमा बढुवा

सोमवार, कार्तिक १८, २०८२

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ ।

एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गृहमन्त्री ओमप्रकाश अर्यालले गर्नु भएको हो ।

जस अनुसार, खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा, भट्टराई अपराध अनुसन्धान विभागमा, ओम अधिकारी उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाल अख्तियारमा र अविनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन हुनुभएको छ।

गत ९ कात्तिकमा उहाँहरूलाई बढुवाका लागि सिफारिस गरिएको थियो । सरकारले पाँच जना डीआईजी बढुवा गरेको छ।

सम्बन्धित खबर