२०८२ कार्तिक १८, सोमवार , ०३:५८:५१ बजे

Sajhamanch
'

अक्टोबरमा मात्रै १ लाख २८ हजार पर्यटक नेपाल भित्रिए

सोमवार, कार्तिक १८, २०८२

काठमाडौं । यसवर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबर महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन बढेको हो ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अरू देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियानाबाट ६ हजार ८१४, अमेरिकाबाट १६ हजार ४०७, मध्यपूर्वबाट तीन हजार ५४८, अफ्रिकाबाट ४४३ र अरु देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।

गएको जनवरीदेखि अक्टोबरसम्म जम्मा नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका बोर्डले जनाएको छ । अक्टोबरमा भारतबाट १७ हजार २९८ जना पर्यटक नेपाल आएका छन् ।

यसैगरी अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५, जर्मनीबाट छ हजार ३६६, अष्ट्रेलियाबाट छ हजार १७७ जना नेपाल भ्रमणमा आएका छन् ।

सम्बन्धित खबर